श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ १५ गते शनिबार, २९ जनवरी २०२२ । राक्षस संवत्सर माघ कृष्णपक्षको द्वादशी तिथि २०ः५१ बजेसम्म, उप्रान्त त्रयोदशी नक्षत्र मुल ३ः०० बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः५१ र सूर्यास्त ५ः४२ बजे हुनेछ । मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने छ । आकस्मिक धनलाभ हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रेम जीवन सुखमय हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा प्रगति हुने देखिन्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बन्न लागेको काम विग्रनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहने देखिन्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्ने देखिन्छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । दिन राम्रो छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रोकिएको धन पाइन सक्छ । धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी ब्यहोर्नु पर्नेछ । सचेत रहदा राम्रो हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) परिवारमा झैझमेलाको अवस्था आउला । साँझमा शुभ समाचार पाइने देखिन्छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने समय रहेको देखिन्छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आँटेको र ताकेको कार्य पुरा होला । पुँजी बजारमा पनि फाइदा हुनेछ ।