माेरङकाे बेलबारीमा  आफ्नै बुबाको हत्या गरेको अभियोगमा छाेरा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बेलबारी नगरपालिका ९ डाँगा बजारका  ३५ बर्षीय जय बहादुर खत्री  रहेकाे इलाका प्रहरी कार्यालय बेलबारीले जनाएकाे छ । कार्यालयका अनुसार बुधबार राती साँढे १० बजे  मादक पदार्थ सेवन गरेर आएका खत्री  र उनको बुबा  ८० बर्षीय दल बहादुर बिच घरायसी बिषयमा विवाद भएपछि  घाँटी थिचेर हत्या गरेका थिए । 

पक्राउ परेका उनिमा थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ ।