राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट अल्पसंख्यक तथा अपाङ्गतातर्फ नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् ।

बुधबार साझ आएको मतगणना अनुसार उनले प्रदेशसभाको ४२ र स्थानीय तहको १५३ जनप्रतिनिधिको मत पाएर निर्वाचित भएका हुन् । अन्तिम मत परिमाण अनुसार निर्वाचित भएका शेर्पाले ४ हजार ४ सय ७० मत मतभार पाएका छन् । 

उनकका प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट जनता समाजवादी पाटी ९जसपा० का हमराज राइलाई हराएका हुन् । पराजित भएका राईले ४ हजार ३ सय ८६ मतभार पाएका छन् । राईले प्रदेशसभाका ४९ र स्थानीय तहका ११३ जनप्रतिनिधिको मत पाएका छन् ।  अल्पसंख्यक तथा अपाङ्गतातर्फ चार मत बदर भएको छ । बदर भएको मत स्थानिय तहतर्फको रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

प्रदेशमा अब खुल्ला तर्फ  मतगणना भने भइरहेको छ । महिलातर्फ गठबन्धनको नेकपा एकीकृतकी जयन्ती राई निर्वाचित भइसकेकी छिन् । तीन पदको मत परिमाण आएपछि निर्वाचन आयोगले निर्वाचित भएको आधिकारिक घोषणा केही बेरमा गर्नेछन् ।