भद्रपुर । झापाको बिर्तामोड नगरपालिका–४बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुन्धारा नगरपालिका–१० का २३ बर्षीय सुदिप ठकुरी, २३ बर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका–४ का २७ बर्षीय पुणर्लाल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिहीबार राती ८ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सङ्कालागि चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट ५ ग्राम प्रतिवन्धित लागूऔषध ब्राउनसुगर बरामद गरेको जिल्लाका डिएसपी बसन्त पाठकले जानकारी दिए । लागूऔषध सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको उनको भनाइ छ ।