धरान । भोजपुरी कलाकार खेशारीलाल यादव नआएको झोकमा सुनसरीको बर्जु गाउँपालिकामा जारी बर्जु महोत्सवमा स्थानीयले आगजनी र तोडफोड गरेका छन् । 

बर्जु गाउँपालिकाको ६ नम्बर वडास्थित चिमडीमा महोत्सव रहेको थियो । महोत्सवको अन्तिम दिन कलाकार यादव नआएको झोकमा तोफोड गरेका हुन् । कोरोनाका कारण कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका छन् । 

कार्यक्रम रद्द भएपछि स्थानीयले भारतीय नम्बर प्लेटका ४ वटा स्कार्पियो र मोटरसाइकमा आगजनी गरेका थिए । त्यस्तै स्टेज र कुर्सी पनि तोडफोड गरेका थिए । स्थानीय तोडफोडमा उत्रिएपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । पुस २४ गतेदेखि महोत्सव आयोजना गरिएको थियो ।