विराटनगर । झापा र मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरिएको छ ।

बिहीबार राती ९ बजे बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका ३ बेलडाँगी शिबिरबाट २३ बर्षीय राजन तामाङलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो ।

यसै गरी बिहीबार दिउँसो साढे १ बजे मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ७ का १९ बर्षीय कुशल बराईलीलाई लागूऔषध लुपिजेसिक १३ एम्पुल ,डाईजाल्याब १३ एम्पुल, एभिल १३ एम्पुल र  फेनारगन १० एम्पुल सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका दुवैको थप अनुसन्धान अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।