मोरङ । मोरङको रतुवामाई नगरपालिका-३ महादेवाबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगरसहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानबाट लागूऔषध ब्राउनसगुरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मंगलबार राती पौने ८ बजे झापाको गौरीगञ्ज गाउँपालिका-५ की ३५ बर्षीया सरस्वती शाहलाई १८ ग्राम ब्राउनसुगर र ५ लिटर कोरेक्ससहित पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।