मोरङ/ मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याउँदै विजयी बनेका छन् ।

मोरङ क्षेत्र नम्बर २ बाट उनले सर्वाधिक मत पाएका हुन् । उनले ४ सय १५ मत प्राप्त गरेका थिए । राईले काङ्ग्रेस मोरङ जिल्ला सचिव पदमा समेत उम्मेदवारी दिएका छन् ।

आगामी निर्वाचनमा मोरङ जिल्लामा काङ्ग्रेसको पकड स्थापित गराउन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।