विजयपुर । किरात कोयी/कोयू राई सुदेल किमको अध्यक्षमा भूपी कोयी राई चयन भएका छन् ।

शनिबार धरान–१० स्थित होटल वाइट डोभमा सम्पन्न साधारणसभाबाट समितिका वरिष्ठ उपाध्यक्ष अमृत कोयू राई, उपाध्यक्षमा जर्नबहादुर राई र सरणकुमार राई, महिला उपाध्यक्षमा गीता राई, महासचिवमा भीम राई, सचिवमा विशाल राई र कोषाध्यक्षमा सरण राई चयन भएका छन् ।

कार्यसमिति २५ सदस्यीय रहेको छ । अध्यक्ष रार्ईले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि निर्वाचित समितिले जिज्ञासा तथा सुझाव राखेको थियो ।

समितिले विभिन्न प्रस्तावहरू पनि पास गरेको छ । प्रस्तावहरूमा संस्थाको नाममा जग्गा व्यवस्थापन गर्ने, आर्थिक व्यवस्थापन गर्ने, किरात कोयी/कोयु राईको आदिम थातथालो केपीलासगढी–७ रावा सुङ्देल अन्तर्गत केन्द्रीय कार्यालय स्थापना गर्ने प्रस्ताव पास गरेको छ ।

केन्द्रीय समितिको बैठक रावा सुङ्देलमा बस्ने, किरात कोयी÷कोयू राईहरूको भाषा, संस्कार, संस्कृति, कला र मौलिक पहिचान अध्ययन, अनुसन्धान र अन्वेषणको केपीलासगढीमा व्यवस्थापन गर्ने, आगामी नीति तथा कार्यक्रममा कोयी/कोयू किरातहरूको वर्चस्व भएका जिल्लाहरूमा केन्द्रीय बैठक बस्ने प्रस्ताव पास गरेको छ ।

समितिले आगामी नीति तथा कार्यक्रममा प्रस्तावमा समाहित नभएका प्रस्तावहरूसमेतलाई सम्मान गर्दै छलफलद्वारा उचित निर्णय गर्ने अध्यक्ष राईले बताए । उनले सर्वसम्मत पारित भएका निर्णय नयाँ कार्यसमितिले कार्यान्वयन गर्ने बताए ।