नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनावको तयारीमा लग्ने बताएका छन् । उनले देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमत चाहिएको बताउदै महाधिवेशन पछि चुनावको तयारीमा लाग्ने बताएका छन् । 

ओलीले भने, ‘निकट भविष्यमा चुनावहरू आउँदैछन् । म भन्न चाहन्छु, हामी अब चुनावको तयारीतर्फ पनि जानेछौं । जनमतको तयारी गर्नेछौं । अब हामीले यस देशका लागि एकल बहुमत ल्याउनुपर्ने छ ।’

उनले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ । ’