नेकपा एमालेकाे १० औं महाधिवेशनकाे उद्घाटन समाराेहमा बाेल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीलाई बधाई दिएका छन् । उनले एमालेका १० औं महाधिवेशनकाे सफलताकाे शुभकामना व्यक्त गर्दै, जेलमासंगै बसेकाे स्मरण गर्दै लोकतन्त्र संस्थागत गर्न सहकार्य गर्नुपर्ने बताएका छन् । 

उनले भने "सरकार निरन्तर संवाद र छलफलबाट हरेक समस्याको समाधान निकाल्न चाहन्छ । मुलुक कोभिडको महामारीका बेला सबै नागरिकलाई खोप दिनु आवश्यक थियो । विभिन्न मित्रराष्ट्रबाट प्राप्त सहयोगका लागि धन्यवाद दिन्छौं । कोभिड न्यूनीकरण भएको छ । आर्थिक अवस्था राम्रो हुँदै गएको छ । "