नेकपा  एमालेको १० औ  महाधिवेशनको लोगोमा रहेको गैँडाको मस्कट मूर्ति  तयार भएको छ ।  कार्तिक २६ गते सार्वजनिक गरेको एमालेको झन्डा बोकेको गैँडाको मस्कट तयार पारिएको हो । एक सिङे लाेपन्मुख गैँडाले प्रसिद्ध रहेको चितवनमा अधिवेशन गर्ने भएपछि एमालेले उक्त गैँडाको मस्कट महाधिवेशने लोगोमा प्रयोग गरेको छ । 

फाइबरबाट बनाइएको साढे ३ लाख  खर्चमा तयार पारिएको बताइएको उक्त मस्कट  मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर तयार गरेको हो ।

 चाडै बनाइसक्नुपर्ने भएकाले  ३  वटा टोली बनाएर  मस्कट तयार गरेका मूर्तिकारले जनाएका छन् । मूर्तिमा प्रयोग हुने फाइबर र रोजिनको मूल्य अत्यधिक बढेकाले मस्कटको लागत पनि बढेको उनले बताए ।