पाँचथर । नेपाली काँग्रेस पाँचथरको सभापतिमा रुपनारायण जबेगु निर्वाचित भएका छन् ।

मंगलबार राती आएको अन्तिम मतपरिणाम अनुसार प्रत्यासी सुरेन्द्र कुमार दाहाललाई २१८ मतान्तरले पराजीत गर्दै जबेगु सभापतिमा निर्वाचित भएका हुन् ।

कूल १ हजार ८६ मतमध्ये १ हजार ७७ मत खसेको थियो । जसमा जबेगुले ६३४ मत प्राप्त गरे । दाहालले ४१६ मत प्राप्त गरे । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिएका जबेगु यसअघि जिल्ला कार्य समितिको निर्वाचित सचिव थिए ।

उपसभापतिमा बिर्जहाङ आङ्देम्बे र डिकेन्द्र चेम्जोङ बिजयी भए । उनीहरु दुबै जना दाहाल प्यानलका हुन् । सचिवमा जबेगु प्यानलका दिपक नेपाल र दाहाल प्यानलका डेकेन्द्र कुमार तामाङ निर्वाचित भए । सहसचिवमा दाहाल प्यानलका सन्तोष श्रेष्ठ र जबेगु प्यानलका गजेन्द्र राई निर्वाचित भएका छन् । 

जिल्ला सभापतिमा निर्वाचित भए सँगै जबेगुले सबै नेता, कार्यकर्तालाई एकताबद्ध गराउदै नेपाली काँग्रेसलाई सुदृढ र बलियो पार्टी बनाउने र आफ्नो सेवामुखी राजनीतिलाई निरन्तरता दिने बताएका छन् ।