नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टोइटेर गए पनि एमाले नघटेको बताएका छन् । उनले सम्पादकहरू संगको छलफलका क्रममा  निम्तो नदिइएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाइ कटाक्ष गर्दै चोइटिएर एमालेका नेता घटेको बताएका हुन् । उनले छाड्ने भन्दा  प्रवेश गर्ने बडी भएको भन्दै एमाले सुदृढ, एकत्रित र समृद्ध  रहेको बताउका छन् । 

नेकपा एमालेको १० औं महाधिवेशनमा एमालेले अनुशासनको कारबाही गरेका नेता नेपाललाइ पार्टी प्रतिनिधिको रूपमा महाअधिवेशनमा बोलाउन नसकिने अध्यक्ष  ओलीले बताएका छन् । उनले भने, नेपालले एमाले फुटाएको, अनुशासनहिन कार्य गरेको र पार्टी फुटाएर गएकाहरूको गुटलाई पार्टी मान्न सकिँर्दैन । गुटका नेतालाई पार्टीको हैसियत बोलाउन मिल्दैन ।’