बिर्तामोड । नेपाली काँग्रेसको सोमबार भएको प्रतिनिधिसभा स्तरीय क्षेत्रीय निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।  झापाका ५ वटै क्षेत्रमा भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।

झापा क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी निर्वाचित भएका छन् । बुढाथोकीले प्रतिद्धन्दी गोपाल तामाङलाई २४६ मतले पछि पार्दै सभापतिमा निर्वाचित भए । बुढाथोकीले ४२१ र उनका प्रतिस्पर्धी गोपाल तामाङको १७५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, क्षेत्र नम्बर २ को सभापतिमा खगेन्द्र मैनाली निर्वाचित भएका छन् । मैनालीले ३७० मत प्राप्त गरेर विजेता बने भने प्रतिद्धन्दी मोहन सुव्वा लिम्बूले २१६ मत प्रात्त गरेर उपविजेता बने । सचिवमा चन्द्रप्रसाद चुडालले ३२० रामबाबु धिमालले ३७८ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।

झापा नम्बर ३ को सभापतिमा गणेश पोखरेल निर्वाचित भएका छन् । पोखरेलले प्रतिद्धन्दी राजेन्द्र घिमिरेलाई हराउँदै पुनः सभापतिमा निर्वाचित भएका हुन् । घिमिरेले १०८ मत प्राप्त गरे भने पोखरेलले ५२० मत पाएर क्षेत्रीय सभापति दोहोर्याउने अवसर पाएका हुन् । परिणाम अनुसार ३ न क्षेत्रको सचिव पदमा गीता प्रसाद भट्टराई र भूपाल वस्नेत विजयी भएका छन् ।

त्यस्तै, झापा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा जयनारायण साह विजयी बनेका छन् । शिवसताक्षीका प्रत्यासी नारायण बजगाईंलाई पछि पार्दै साह विजयी भएका हुन् । साह झापा गाउँपालिकाका अध्यक्षसमेत हुन् ।

साहले ४६४ मत ल्याए भने बजगाईंले २७४ मत प्राप्त गरे । क्षेत्रीय सचिवमा रूपनारायण खतिवडा र सुमन काफ्ले विजयी भएका छन् । खतिवडाले ३१७ र काफ्लेले ३०८ मत ल्याए ।

क्षेत्र नं ५ मा भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार क्षेत्रीय सभापतिमा ढुण्डीराज भण्डारी कूल ४४७ मत ल्याएर विजयी भएका छन् । उनि पनि दोश्रो कार्यकालका लागि सभापति निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धी रोशन गौतम रहेका थिए । क्षेत्रीय सचिवमा भण्डारीको प्यानलका धर्मानन्द भट्टराई र गौतमको प्यानलका मुकुन्द उप्रेती निर्वाचित भएका छन् ।