नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज क्षेत्रीय कार्यसमितिको लागी  निर्वाचन भइरहेको छ । 

सुनसरी क्षेत्र नं १ को नेतृत्व चयनका लागी बिहान ९ बजे देखि धरान ८ स्थित सभागृहमा  मतदान सुरु भएको छ । चुनावमा संस्थापन समूहबाट सभापतिमा महिला नेतृ लक्ष्मी खतिवडा र संस्थापना इतर समूहबाट सुजेन्द्र तामाङको नेतृत्वमा प्यानले रहेको छ । 

IMG20211123105440

 संस्थापना इतर समूहका धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई सभापतिको उम्मेदवार बनाएर  प्रचार प्रसार गरिएको भए पनि अन्तिम समयका राईले उक्त प्यानलबाट उम्मेदवारी नदिने भनेपछि संस्थापना समूहले हिजो पत्रकार सम्मेलन गरी लक्ष्मी खतिवडालाई सभापतिको उम्मेदवार घोषणा गरी सोही अनुरूप हिजै उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । 

IMG20211123105541

६३२ जना मतदाता रहेको सुनसरी क्षेत्र नं १ को नेतृत्व चयनका लागी  आज दिउसो ३ बजेसम्म मतदान हुने छ । 

संस्थापन (देउवा) समूहमा खतिवडाको प्यानलबाट सचिवमा देवेन्द्र लिम्बु र जयबहादुर लिम्बु उम्मेदवार छन् भने सहसचिवमा नारद राई र नविन प्रसाद ढकाल चुनावी मैदानमा छन् स संस्थापना इतर (पौडेल कोइराला) समूहमा तामाङको प्यानलबाट सचिवमा महेन्द्र प्रधान र केशव पुरीले उम्मेदवारी दर्ता गराएका छन् भने सहसचिवमा भोजकुमार राई र सुमित राईले उम्मेदवारी दिएका छन् ।

IMG20211123110447

IMG20211123105155

IMG20211123105305

IMG20211123110535

IMG20211123105041