धरान उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिने भएको छ । 

उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै  कार्तिके पूर्णिमा ( वराहक्षेत्र मेला ) को अवसरमा भोलि एक दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । 

सूचनामा नगर कार्यपालिकाको कार्यालयका साथै मातहतका वडा कार्यालयहरू, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य कार्यालयहरू र धरानमा रहेका शैक्षिक संस्थाहरूसमेत बन्द रहने  उपमहानगरपालिकाले जनाएको छ । 

वराहक्षेत्रमा हरिबोधनि एकादशी देखि सुरु भएको मेला  पूर्णिमासम्म लाग्ने छ । उक्त दिन कोकाह र कोशीको संगमस्थलमा भक्तजनहरू नुहाउने र बराहमा जल चढाउने चलन रहेको छ । 

कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चर्तुमास समापन गरिने चलन छ । चर्तुमास सँगसँगै  कार्तिक स्नान पनि समापन हुने गर्दछ ।