वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र धामा प्रत्येक वर्ष लाग्ने धार्मिक कार्तिके मेला सोमबारबाट सुरु हुने भएको छ । 

हरिबोधिनी एकादशी देखि पूर्णिमासम्म लाग्ने पाँच दिने मेलाको तयारी पुरा गरिएको छ । मेलाको लागि बजार,कोसी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानी लगायत पाँच उपसमिति गठन गरिएको आयोजक वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले बताए ।

भक्तहरूको लागि नदीमा सुरक्षित स्नान गर्नको लागि बाँसको बार लगाइएको छ; भने विभिन्न स्थानमा दर्जन भर महिला र पुरुषको लागि छुट्टाछुट्टै अस्थायी शौचालय  निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताए । 

मेलाको स्वास्थ्य तथा सुरक्षा व्यवस्थापनको लागि वराहक्षेत्र नगरपालिका, वडा नम्बर १ को कार्यालय, बृहत्तर वराहक्षेत्र विकास समिति र जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरिएको श्रेष्ठले जानकारी दिए ।
विगत ४ वर्ष देखि  मेला आन्तरिक रूपमा सञ्चालन हुँदै आएको छ ।

तीर्थयात्रीबाट आएको चन्दाबाट ३ लाख रुपैयाँमा मेला सञ्चालन गरिएको श्रेष्ठ बत्ताउँछन् । मेलामा विशेष गरेर भारतीय तिर्थालुहरु आउने गरेका छन् भने नेपालको विभिन्न प्रदेश र जिल्लाबाट तिर्थालुहरु को घुइँचो हुने हुने गरेको छ ।

पहिला लाखौँको सङ्ख्यामा मानिसहरू मेला भर्न आउने गरेका भए पनि केही वर्षयता तिर्थालुको सङ्ख्यामा कमी आएको स्थानीय बत्ताउँछन्, नगरपालिका र वाड कार्यालयले बजेट नछुट्याउदा मेलाको स्तर खस्केको उनीहरू बताउछन् ।