नेकपा एमाले बराहक्षेत्र नगरपालिकाकाे प्रथम नगर अधिवेशनबाट निर्वाचित  नगर कमिटीको घोषणा तथा सप ग्रहण सम्पन्न भएकाे छ । 

सुनसरी  जिल्ला कमिटी उपाध्यक्ष निलम खनालले निर्वाचित कमिटीको  घोषणा र सपथ ग्रहण गराए थिए । निर्वाचित अध्यक्षमा गजेन्द्रबहादुर थापा, उपाध्यक्षमा सीता भण्डारी पौडेल , सचिवमा राजेन्द्र कार्की र उपसचिवद्वय देवेन्द्र विष्ट र जापान लिम्बू सहित ७५ सदस्यीय नगर कमिटी सदस्यहरू रहेका छन् । 

सभामा एमालेका प्रदेश कमिटी सदस्यहरू बद्रिनाथ घिमिरे, मनोज पौडेल, डिबी शाह शंकरलगायतको उपस्थिति थियो । जिल्ला कमिटी सदस्य योग्यराज खड्का, नन्दकुमारी राईलगायतको उपस्थिति थियो ।