वराहक्षेत्र / नेपाली काँग्रेस वराहक्षेत्रले नव निर्वाचित नगरको वार्डका पदाधिकारीलाई प्रभावकारी नेतृत्व विकास सम्बन्धी एक दिने तालिम दिएको छ । भर्खरै सम्पन्न १४ औँ वार्ड अधिवेशनमा निर्वाचित ११ वटै वडाका सभापति,उपसभापति,सचिव,सह सचिव र कोषाध्यक्ष लाई तालिम प्रदान गरिएको हो ।
नगरमा पार्टीको सुदृढीकरण, प्रभावकारी सङ्गठन विस्तार, जनता प्रति जबाफदेही र जिम्मेवार नेता बन्न तालिम दिइएको नगर सभापति रमेश कार्कीले बताए । पार्टी कार्यकर्ता लाई नेपाली काँग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण विभाग सदस्य वीरेन्द्र साहले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेका क्षेत्र नं. ४ सभापति ऐयुब अंसारी,विशिष्ट अतिथि महासमिति सदस्य रेवती रमण दुलाल,अतिथिहरू जिल्ला सदस्य कालुराम चौधरी,शंकर बस्नेत,मुना अधिकारी, सुरेन्द्र गुप्ता, क्षेत्र नं १ सचिव रमेश काफ्ले,तरुण विभाग प्रदेश १ सदस्य रोशन खड्का र महिला सङ्घ क्षेत्रीय सभापति कल्पना कार्कीले सहभागिता लाई तालिमको प्रमाण पत्र वितरण नगर सभापति कार्कीले जानकारी दिए ।
बुधवार चक्रघट्टीको रेडक्रस भवनमा ,रमेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव प्रतीक राईले गरेका थिए ।