धनकुटा / नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल परिवर्तनको संवाहक भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
नेपाल तरुण दलको ६८ औ स्थापना दिवसको अवसरमा वुधबार धनकुटामा आयोजित कार्यक्रमका सहभागी बक्ताहरुले त्यस्तो बताएका हुन् । नेपाल तरुण दल धनकुटा कार्यवाहक अध्यक्ष युवराज पराजुलीको अध्यक्षता सञ्चालित कार्यक्रममा नेपाल तरुण दल धनकुटाका पूर्व जिल्ला सचिव तथा नेपाली काँग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,नेपाल तरुण दल धनकुटाका निवर्तमान अध्यक्ष तथा काँग्रेस जिल्ला कोषाध्यक्ष दिनेश राई,सदस्य विष्णु पौडेल,पूर्व जिल्ला सहसचिव राजन पौडेल,धनकुटाका नगर कार्य समितिका सभापति नरेश श्रेष्ठ,नेपाल महिला संघ धनकुटाका जिल्ला उपाध्यक्ष अम्बिका धमला लगायतले तरुण दल धनकुटा परिवर्तनका पक्षमा क्रियाशील परिवर्तनकारी संवाहक भएको बताएका थिए ।
कार्यक्रमको सञ्चालन तरुण दल जिल्ला सचिव नरेन्द्र कस्चितले गरेका थिए । नेपाल तरुण दल धनकुटाले जिल्ला भरी नै परिवर्तनको पक्षमा उभिँदै सङ्गठनलाई सशक्त बनाउन अभियान सञ्चालन गर्ने निर्णय भएको कार्यवाहक जिल्ला अध्यक्ष पराजुलीले ब्लाष्टलाई बताए ।