धरान । नेकपा एमाले धरान नगर कमिटीको संस्थापन पक्षतर्फ हर्कजङ्ग एभेङको अध्यक्षतामा नयाँ कमिटी बनेको छ ।
धरानको सैनिक भवनमा जारी संस्थापनको अधिवेशनले उपाध्यक्षमा सविता राई, सचिवमा सुदेश चापागाईं, उपसचिवद्वयमा जोन राई र सुमन लिम्बू चयन भए । मुख्य पदहरूमा सर्वसम्मत नै चयन भएको हो । उम्मेदवारी दर्ता मनोनयन गर्ने समयमा विश्वराज कार्की पनि अध्यक्षमा उम्मेदवारी दिने हल्ला चलेको थियो तर उनले मनोनयन दर्ता नगरेपछि मुख्य पदमा सर्वसम्मत चयन भएको हो ।
यता भूगोल, दलित, महिला, जनजाति, मजदुरको सदस्य पनि सर्वसम्मत चयन भएको छ भने खुल्ला र युवा, विद्यार्थीको केहीमा दोहोरो उम्मेदवारी परेको छ । औपचारिक रूपमा कमिटीको नाम घोषणा नगरिए पनि सर्वसम्मत चयन भइसकेको सुनसरी जिल्ला प्रचारप्रसार विभाग प्रमुख रवि खनालले जानकारी दिए ।