धनकुटा । नेकपा एमाले धनकुटाले जिल्लाको सातैवटा स्थानीय तहमा सर्वसम्वत रूपमा पालिकाहरूका पार्टीको नयाँ नेतृत्व चयन भएको जनाएको छ । 

पार्टीका जिल्लाका अध्यक्ष राजेन्द्रकुमार राईले जिल्लाको तीनवटा नगरपालिका र ४ वटा गाउँपालिकामा बुधबार साँझसम्ममा सर्वसम्मत रूपमा पार्टीको नयाँ नेतृत्व चयन भएको बताएका छन् । उनले धनकुटा नगरपालिमा अध्यक्षमा अर्जुन छाराहाङ आठपहरिया र सचिवमा चन्द्रकृष्ण ठकुरी, पाख्रीवास नगरपालिकमा शान्तिराम गौतम र सचिवमा सीताराम राई, महालक्ष्मी नगरपालिकमा किरण गिरी र सचिवमा भरत थापा निर्वाचित भएको बताए । 

त्यसैगरी चौविसे गाउँपालिकामा अध्यक्षमा राजकुमार चेम्जोङ र सचिवमा जीवनकुमार कट्वाल, साँगुरीगढी गाउँपालिकामा अध्यक्षमा बालकृष्ण राई र सचिवमा पूर्ण खजुम, सहिदभूमी गाउँपालिकामा अध्यक्षमा नीर राई र सचिवमा हेमकुमार राई र छथरजोपाटी गाउँपालिकमा अध्यक्ष इन्द्र सारू मगर र सचिवमा निलबहादुर थापा निर्वाचित भएको बताइएको छ ।