वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् । 

उनले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन् । उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आज राजीनामा पेश गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । 

यसअघि मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठकमा आजै राजीनामा दिने घोषणा गरेका थिए ।