विजयपुर । नेकपा एमाले संस्थापन इतर पक्षको नारायण सुवेदी अध्यक्षतामा कमिटि गठन भएको छ ।

मङ्गलबार धरान–१५ स्थित होटल ईजी राइडर्समा सम्पन्न आठौं अधिवेशनले सुवेदीको अध्यक्षता ८५ सदस्यीय कार्यसमिति गठन गरेको हो । गठित कार्यसमितिको उपाध्यक्षमा राजमणी निरौला, सचिवमा पारस काङमाङ राई, सहसचिव राजेन्द्र राई  र दिवस वान्तवा चयन भएको अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । 

पार्टीको आन्तरिक विवादका कारण संस्थापन पक्षले धरानको सैनिक भवनमा र संस्थापनइतर पक्षले होटल इजीराईडर्समा अधिवेसन गरेका थिए । सैनिक भवनमा जारी संस्थापन पक्षको अधिवेशनमा भने विवाद उत्पन्न भएको छ । संस्थापन पक्षको भने आज समिति गठन नहुने भएको छ ।