वराहक्षेत्र । नेपाली काँग्रेसका नेता एवं परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले पूर्वको प्रसिद्ध धार्मिक पर्यटकीय नगरी वराहक्षेत्रको बाघ खोलामा आफू स्वयं लागेर पक्की पुल निर्माण गरिने बताएका छन् । 

शनिबार वराहक्षेत्रको चतरामा भएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले, नगरपालिकाको वार्ड नं १ स्थित खोलामा जसरी भए पनि पुल बनाई छाड्ने बताए । 

दश मिनेट लामो सम्बोधनमा तीन पटक पुल शब्दको उच्चारण गर्दै उनले ‘यसको लागि कहाँबाट कसरी हुन्छ, आवश्यक बजेट जुनसुकै तरिकाले जुटाउँछु’, प्रतिबद्धता व्यक्त गरे । पुल बनाउन स्थानीय पार्टीले छिटो निर्माण समिति बनाएर सरकार लाई प्रस्ताव पेस गर्न आग्रह गरेका छन् । 

कार्यक्रममा उनले कम्युनिस्टले देश चलाउन नसक्ने  भन्दै  अधिवेशन सफल बनाउन कार्यकर्तालाई एकजुट हुन अनुरोध गरेका छन् ।