वराहक्षेत्र । नेकपा एमाले पार्टीको वराहक्षेत्र नगरपालिकाको वार्ड नं १ को अध्यक्षतामा कृष्ण कट्टेल सर्वसम्मत चयन भएका छन् । शनिबार चतराको औलिया बाबा मठमा सम्पन्न अधिवेशनले निर्विरोध ३१ सदस्यीय कार्य समिति गठन गरेको छ । 

समितिको उपाध्यक्षमा दिपक राई,सचिव गौरव श्रेष्ठ लगायत सदस्यहरू चयन भएका छन्, वार्डको नगर प्रतिनिधिमा ११ सदस्य पनि निर्विरोध चुनिएको अध्यक्ष कट्टेलले बताए ।

नपाको वार्ड नं २ जितेन्द्र राई निर्विरोध अध्यक्षमा चयन भएका छन् । कार्य समितिको सचिव र उपसचिवमा भने आइतबार निर्वाचन हुने, श्रोत उद्धृत गर्दै कट्टेल जानकारी दिए । यस अघि नपाको १० वटा वार्डमा समेत कार्य समिति सर्व सम्मत भएको उनले बताए ।