विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारूढ दल नेकपा एमालेले आजकाले प्रदेशसभा बैठक रोक्न माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता गराएको थियो । आजकाले बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासकाे मत लिने प्रस्तावमा मत विभाजन गर्ने कार्यसूची निर्धारण गरेको तियो ।तर, काँग्रेसले बैठक रोक्न माग गरेको हो ।

काँग्रेसले बैठक स्थगित गर्न माग गरेपछि सत्तारूढ दल एमालेले पनि बैठक रोक्न र कार्तिक १५ गते मात्र बैठक राख्न माग गर्दै अर्को निवेदन दिएको थियो।

काँग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाकाे प्रदेश १ को भ्रमण परेकोले आजकाले बैठक स्थगित गर्न माग गरेको हो भने एमालेले काँग्रेसले बैठक स्थगित गर्न माग गरेको र अब १५ गते अगाडि पार्टीको कार्यक्रमहरूले गर्दा त्यतिन्जेल सम्म कालागि बैठक रोक्न माग गर्दै निवेदन दर्ता गरेको हो ।