पथरीशनिश्चरे । नेकपा (एमाले) को मोरङस्थित पथरी शनिश्चरे नगर कमिटी मातहतका वडा कमिटीमा युवाहरुको नेतृत्व अघि बढेको छ ।
१० वटा वडामा सम्पन्न सर्वसहमत रुपमा चयन भएको कमिटीमा क्रमशः १ मा प्रदीपकुमार राई, २ मा नैनाकुमार राई, ३ मा गणेश बाछाना राई, ४ मा प्रेमकुमार न्यौपाने, ५ मा विनयराज तिम्सिना, ६ मा पदमबहादुर धिमाल, ७ मा दुर्गालाल तामाङ, ८ मा नवीनजंग कार्की, ९ मा फणिन्द्र कार्की र १० मा हिमालय (पर्वत) थापा अध्यक्षमा चुनिएका छन् ।
३१ सदस्यीय वडा कमिटी चयनपछि अव कार्तिक ९ गते नगर कमिटी चयन हुने भएको नगर संयोजक मोहन तुम्वापोले जनाए ।