धरान/नेकपा (एमाले) को जिल्ला कमिटी रेवतीरमण भण्डारीको अध्यक्षतामा नै क्रियाशील रहेकाले अन्य कुनै पनि खाल्का भ्रममा नपर्नका लागि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिइएको छ ।
पार्टीको जिल्ला कमिटी सुनसरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कात्तिक ३ गते ‘प्रदेश कार्यदल र एमाले प्रदेश कमिटीको सचिवालयको विस्तारित बैठकको निर्णय भन्दै सर्कुलर गरिएको विज्ञप्ति’ भ्रामक र तथ्यहीन रहेको जनाइएको छ । पार्टीको अन्तर पार्टी निर्देशन १२ अनुसार २०७५ जेठ २ गतेको अवस्थामा सम्पूर्ण कमिटी र जिम्मेवारी जस्ताको त्यस्तै कार्यान्वयन गर्नु गराउनु भनी कहीँ कतै निर्देशन नभएका हुँदा अहिलेको अवस्थामा भण्डारीकै अध्यक्षतामा पार्टी जिल्ला कमिटी क्रियाशील रहेको नेता कार्यकर्तालाई जानकारी गराइएको छ ।
विस्तारित बैठकको निर्णय भन्दै केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्मराज निरौला र प्रदेश कमिटी सदस्य रमेशकुमार बस्नेत जिल्ला अध्यक्ष भनी दस्तखत गरी जारी गरिएको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त विज्ञप्तिको पछाडि नलाग्न समेत पार्टी कमिटीलाई निर्देशन दिएको छ । पार्टी केन्द्रिय कमिटीको २०७८ भदौ ८ गतेको स्थायी कमिटी बैठक र १० गते बसेको केन्द्रिय कमिटी बैठकका निर्णयका आधारमा २०७८ भाद्र १३ गते केन्द्रिय कार्यालयबाट जारी गरिएको अन्तर पार्टी निर्देशन १२ अनुसार नै अगाडि बढ्न निर्देशन दिइएको छ ।
पार्टी प्रदेश कमिटकिो सचिबालयको बिस्तारित बैठक र कार्यदलबाट पदाधिकारी सिफारिश भएको ब्यहोराको निर्णय र सर्कुलर जारी नभएको हँुदा कहिं कतै भ्रममा नपर्न हुन र प्रभाबित बनाई पार्टी हितको बिपरित नलाग्न हुन जिम्मेबार नेता कार्यकर्तालाई आग्रह गर्दै आसन्न वडा तथा पालिका स्तरिय अधिवेशन सफल बनाउतिर लाग्न प्रचार विभाग प्रमुख रवि खनालले आग्रह गरेका छन् ।