प्रदेश नम्बर १ को प्रदेश सभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठक आज  दिउसो १ बजे बस्ने भएको छ । 

मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरेको उक्त बैठकमा असोज २५ गते संसद सचिवालयमा दर्ता गराएको  विश्वासको मत लिने सम्बन्धी प्रस्ताव पेस हुने बताइएको छ । 

बैठकको कार्यसूची तय गर्नका लागी  सभामुखले कार्यव्यावस्था परामर्श समितिको बैठक १० बजेर ३० मिनेटमा डाकेका थिए । 

 विश्वासको मत लिने सम्बन्धी प्रस्ताव बैठकमा पेस भएपछि छलफलको प्रक्रिया सुरु हुने छ  । छलफलपछि विश्वासको मत का लागि मतदानको मिति तय गरिने छ ।  ९२ सदस्यीय प्रदेश सभामा एमालेसँग  ४१ जना संसद् रहेका छन् । आचार्यले विश्वासको मत पाउँन एमाले बाहेकका थप  ६ जना संसद्को मत प्राप्त गर्नुपर्ने हुन्छ  ।