धरान । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाउने एकजनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । 

हेलमेटविनै हिँडिरहेकालाई पक्राउ गर्दा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई ५ सय रुपैयाँ दिन खोजेको आरोपमा बेलका नगरपालिका ५ का प्रेमकुमार राईलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी ट्राफिक प्रहरी पोष्ट रामपुर बेलकाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभन देखाएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । 

प्रदेश १–०२–०४२ प ८४२४ नम्बरको स्कुटी पनि नियन्त्रणमा लिइएको छ । स्कुटीमा तीनजना सवार साथै हेलमेटसमेन नलगाई हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । स्कुटीको सवारी दर्ता किताब, सवारी चालक अनुमति पत्रसमेत नभएको साथै चालकले मादक पदार्थ सेवन गरेको पाइएपछि नियन्त्रणमा लिइएको हो ।