धनकुटा । दशैंको मौकामा मोटरसाइकलमा राखी पहाडी जिल्लाहरूमा खुद्रा सामान बिक्री गर्ने तीनजना व्यापारीलाई धनकुटामा ट्राफिक प्रहरीले जरिबाना गरेको छ ।  

उनीहरुलाई यात्रा गर्न जोखिम हुने गरी मोटरसाईकलमा अत्याधिक मात्रमा खुद्रा सामान लाँदै गरेको पाइएपछि ट्राफिक प्रहरीले जरिवाना गरेको हो ।

तराईको विभिन्न जिल्लाहरुबाट टुक्रे व्यापारीहरुले धरान धनकुटा राजमार्गमा रहेको प्रहरीको चेकपोष्टमा चेकजाँच छलेर रातरात मोटर साईकलमा अत्याधिक मात्रामा सामान राखेर लाने गरेको पाइएको छ ।

दशैं तिहारको मौका छोपेर ति मोटर साइकल धरानबाट राती नै भागेर आएको पाइएकाले जरीवाना गर्नु परेको जिल्ला ट्रफिक प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र खड्काले बताए । धरानदेखि धनकुटासम्म आउँदा करिब ३–४ स्थानमा चेकजाँच हुने गरेको छ । उनीहरु करिव ५ः३० बजेको समयमा धनकुटा आईपुगेका थिए ।

तर सोमबार बिहान मोटरसाइकलमा ओभर सामान ल्याइएका कारण ति मोटरसाईकललाई काँही कतै जरिवाना नगरिएका पाईएकाले तिन वटालाई जनही ५ सयको दरले जरिवाना गरी छाडिएको खड्काले बताए ।

व्यापारीहरुले भने मोटर साईकलमा यात्रा गर्न जोखिम हुने गरी खुद्रा सामान लोड गरेर पहाडी जिल्लाहरु धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभा जिल्लाको विभिन्न भित्री वजारहरुमा खुद्रा सामान विक्री गर्दै आएको पाइएको छ ।

व्यपारीहरुले मोटरसाईकलमा राखेर गाउँ गाउँसम्म पुर्याएर बिक्री गरिने खुद्रा सामान कति गुणस्तरीय र स्वास्थ्य वर्धक छन् भनेर चेकजाँच गर्ने नियमनकारी निकाय भने बेखबर देखिन्छ ।