नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० ले बढेर ९० हजार ७०० कायम भएको छ भने छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार २५० मा कारोबार हुनेछ जुन शुक्रबार प्रतितोला ९० हजार १५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य पाँचले बढेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार १७० मा कारोबार भएको थियो भने आजको कारोबार मूल्य प्रतितोला एक हजार १७५ तोकिएको छ ।