नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० ले बढेर ९० हजार ६०० कायम भएको छ भने छापावाल सुन बिहीबार प्रतितोला ९० हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार १५० मा कारोबार भएको छ  ।

चाँदी बिहीबार प्रतितोला एक हजार १७० मा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भएको छ  ।