वराहक्षेत्र । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको शनिबार भएको वराहक्षेत्र नगरपालिकाको नगर अधिवेशनमा, रमेश कार्की सभापतिमा निर्वाचित भएका छन् । प्रतिद्वन्दी नारायण नेपाललाई ५२ मतले हराउदै कार्की विजयी भएका हुन् ।

सम्पन्न निर्वाचनमा सभापतिमा उम्मेदवारी दिएका कार्कीले १ सय १३, नारायण नेपालले ६१ र रत्न बहादुर राउत ४४ मत प्राप्त गरेका थिए ।

नगरको उपसभापति तर्फ परेको ५ जनाको उम्मेदवारी युवराज श्रेष्ठले ९७ र जित बहादुर कर्की (क्यान्टिन)ले ९३ मत ल्याएर विजयी भए । प्रतिस्पर्धीहरु चित्र बहादुर राईल ८३, महेन्द्र प्रसाद मेहताले ७७, प्रसिद्ध प्रसाई(जोन)ले ३५ मत प्राप्त गरेका थिए ।

सचिव तर्फ प्रतिक राईले १ सय ४२ र हरिकृष्ण भट्टराईले ९५ मत ल्याएर विजयी भए, भने १४३ मतका साथ दिवान सिंह राई र सन्तोष भण्डारीले ९५ मत ल्याई सहसचिव पद जितेका थिए ।

निर्वाचनमा सभापतिमा ३ ,उपसभापति र सचविमा ५/५ र सह सचिवमा ४ गरि १७ जनाले उम्मेदवारी दिएका थिए । भएको मतदानमा कुल मतदाता संख्या २ सय २७ मा ९९ प्रतिशत २ सय २६ मत खसेको थियो , भने ५ वटा मत बदर भएको निर्वाचन अधिकृत कृष्ण प्रसाद गुरागाँईले बताए ।

प्रत्यक्ष तर्फ भएको नगरको ११ वटै वार्ड अधिवेशनमा १ महिला २ पुरुष गरि ३३ र सामनुपातिक मा २२ जना निर्विरोध चयन भएका थिए । बिहान ८ बजेबाट चक्रघट्टीको गाउँपारालिगल भवनमा भएको चुनावमा निर्वाचितहरु लाई, आउँने शनिबार प्रमाणपत्र वितरण गरिने गुरागाँईले जानकारी दिए ।