धरान । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारीस्वरूप धरान नगरेको निर्वाचनमा स्थानीय सरकारको संस्थापन पक्षका श्याम पोखरेलको प्यानल नै विजयी बनेको छ ।
रामचन्द्र पौडेल पक्षधर मानिएका पोखरेलले प्रतिद्वन्द्वी सङ्घीय सरकारका संस्थापन पक्ष किशोर राईलाई ३९ जना मतान्तरले हराए । पोखरेलले २६२ मत प्राप्त गर्दा राईले २२३ मत प्राप्त गरेका थिए । ४९७ कुल मत रहेकामा ४९० मत खसेको थियो ।
पोखरेल समूहबाट उपसभापति रहेका नरेन्द्रकुमार राई प्रवीणले २९० र सन्तोष लिम्बूले २३३ मत प्राप्त गर्दै विजयी बने । उनीहरू दुवै धरान १८ र धरान ५ का जनप्रतिनिधिमा निर्वाचित अध्यक्ष हुन् । यता राईबाट उपसभापतिमा लडेका महेन्द्र तामाङले १८३ मत ल्याउँदा राजकुमार थोप्राले २१८ मत ल्याए । उनीहरू दुवै विवादित व्यक्ति मानिन्छन् ।
त्यस्तै सचिवमा जितेन्द्र राईले २५९ र हिमाल श्रेष्ठले २९६ मत ल्याउँदै विजयी बने । राई समूहका सचिव रुकमणी भट्टराईले १९५ र सुमन श्रेष्ठले १७१ मत ल्याए । यस्तै सहसचिवमा युनेश राना मगरले ३०२ मत र शीला बज्राचार्यले २७१ मत प्राप्त गर्दै विजयी बने । यता राई पक्षधरका कमला रुचालले १७४ र गोपाल कार्की १८१ मत प्राप्त गर्दै पराजित बने । सभापतिमा ५ मत बदर भएको छ ।