१४ औं महाधिवेशनअन्तर्गत नेपाली कांग्रेसकाे धरान उपमहानगर कार्यसमितिको नयाँ नेतृत्व चयन गर्न मतदान गर्ने समय सकिएको छ ।
४९६ जना मतदाता रहेकाे समितिकाे नया नेतृत्व चयनका लागि बिहान ८ बजेबाट धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघमा सुरू भएकाे मतदान २ बजे सकिएकाे हाे ।
नयाँ नेतृत्वका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यसमितिका वर्तमान सचिव श्याम पाेख्रेल र केन्द्रीय संस्थापना (सभापति शेरबहादुर देउवा) पक्षका किशाेर राईकाे प्यानलबीच प्रतिस्पर्धा रहेकाे छ ।
नेतृत्वका सम्पूर्ण पदाधिकारीकाे दुवै पक्षकाे प्यानलबाटै उमेद्वारी रहेकाे छ । जसमा सभापतिकाे उमेदवार किशाेर राईकाे प्यानलबाट दुई उपसभापति पदमा किसोर राई प्यानलबाट महेन्द्र तामाङ र राजकुमार थोप्राले उम्मेदवारी दिएका छन् भने सचिवमा रुक्मिणी गौतम (कोपिला) र सुमन श्रेष्ठले उम्मेदवारी रहेकाे छ । सहसचिव पदमा कमला कार्की विक र गोपाल कार्कीको उम्मेदवारी रहेकाे छ ।
त्यस्तै, पोख्रेल प्यानलबाट नरेन्द्रकुमार राई (प्रवीण) र सन्तोष लिम्बूले उम्मेदवारी दिएका छन् । सचिवमा जितेन्द्र राई र हिमाल श्रेष्ठ र सहसचिव पदमा युनेश राना मगर र शीला बज्राचार्यको उम्मेदवारी रहेकाे छ ।
कुल ४९६ मतदाता रहेकोमध्ये ४८९ ले मतदान गरेका छन् । साढे तीनबजेदेखि मतगणना सुरु हुने बताइएको छ । अहिले मतगणनाका लागि आचारसंहिता बनाउने क्रम जारी छ । साँझसम्म मतपरिमाण आइसक्ने जनाइएको छ ।