धनकुटा / धनकुटाको चौबिसे गाउँपालिका वडा नम्बर १ सौरेबजारमा वडाको सम्पर्क कार्यालय सोम स्थापना गरिएको छ ।

सर्वसाधारण नागरिकहरुलाई सहज ढंगले वडाको सेवा प्रवाह गर्ने उद्देश्यले वडा नम्बर १ को सम्पर्क वडा कार्यालय स्थापना गरिएको हो । गाउँपालिकाको ठूला वडा मध्ये वडा नम्बर १ पनि एक हो । त्यसैले वडाले प्रभावह गर्ने सेवासुविधा वडावासीहरुलाई सहज ढंगले पुर्याउने उद्देश्यले वडा नम्बर १ को सौरेबजारमा सम्पर्क कार्यालय खोलिएको चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताईन् । 

सम्पर्क कार्यालयबाट हप्ताको दुई दिन आइतबार र सोमबार सेवा प्रभाव गरिनेछ । वडा नम्बर १ मा कुल जनसंख्या एक हजार ९२ जना रहेका छन् ।  सौरेबजारमा सामुदायिक स्वास्थ्य इकाई पनि सोमबार नै स्थापना गरिएको छ । उक्त स्वास्थ्य इकाई र सम्पर्क कार्यालयको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचालले संयुक्त रुपमा एक समारोहको विच उद्घाटन गरेका हुन् ।

सामुदायिक स्वास्थ्य इकाईबाट अन्य स्वास्थ्य चौकी सहरकाे स्वास्थ्य सेवा प्रभाव गरिने १ नम्बर  वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले बताए । वडाको सम्पर्क कार्यालय सेवा कार्यालय र सामुदायिक स्वास्थ्य इकाई कार्यालय स्थापनाको उद्घाटनको अवसर पारेर कोभिड–१९ को संक्रमणद्धारा मृत्यू भएका सो वडाका मिलनकुमार श्रेष्ठ र वडा नम्बर २ का डिल्लीप्रसाद याखाको परिवारलाई प्रति परिवार नगद ३० हजारका दरले राहत वितरण गरिएको छ ।

त्यसैगरी गत वर्षको वर्षातका कारण विपदमा परेका चौबिसे गाउँपालिका–१ मानबहादुर गुरुङ, कृष्णकुमार विश्वकर्मा र हेमलाल श्रेष्ठको परिवारलाई प्रतिपरिवार नगद बीस हजारका दरले सहयोग रकम समेत वितरण गरिएको उपाध्यक्ष रुचालले ब्लाष्टलाई बताईन् ।