वराहक्षेत्र/ नेपाल सरकारका प्रवक्ता एवं कानुन न्याय तथा सङ्घीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले, वराहक्षेत्रको विकासलाई सङ्घीय सरकारले विशेष प्राथमिकतामा राखिने बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस पार्टीको चतरामा भएको कार्यकर्ता भेटभाट तथा क्षेत्रीय प्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले, वराहक्षेत्रसँग आफ्नो विशेष सम्बन्ध रहेको भन्दैे पवित्र धार्मिक क्षेत्रको उन्नती र विकासमा जोड दिईने बताए ।

आफु विद्यार्धी हुँदा गृहनगर भोजपुरबाट तराई झर्दा पवित्र वराहक्षेत्र धामको बाटो भएर दर्जनौ पटक हिडेको सम्झना गर्दै कार्कीले वराहक्षेत्रसँग माया गांसिएको भन्दै आफ्ले भरपुर सहयोग गर्ने बताए ।

अर्को एक प्रसंगमा उनले,पार्टीको १४ औं महाधिवेशनको वार्ड स्तरीय निर्वाचनमा वराहक्षेत्र नपाको ११ वटै वार्डले निर्विरोध प्रतिनिधि चयन गरेर उदाहरण पेश गरेको बताए ।

भदौ २१ गते नपाको सबै वडामा एक साथ भएको वार्ड अधिवेशनमा, आपसी सहमती गर्दै,कार्य समिति तथा क्षेत्रीय प्रतिनिधीमा बहुसंख्यक युवाहरु चयन भएका थिए । उनले नजिकिदै गएको स्थानिय चुनावमा युवाहरुको भुमिका महत्वपूर्ण हुने हुँदा तयारीमा लाग्न आह्वान गरे ।

विशेष अतिथि नेका केन्द्रिय सदस्य तथा क्षेत्र नं १ सभासद मिन विश्वकर्माले पार्टीमा आफु सधै लोकतान्त्रिक संरचनागत सुधार तथा सम्पूर्ण जातजाति तथा क्लस्टरको सहभागित रहनु पर्नेमा दृढ रहेको भन्दै, आफुले राजीनामा दिएपछि नेकाको केन्द्रिय समितिले महाधिवेशनमा मधेशी र दलितको क्लस्टर हटाउँने निर्णय फिर्ता लिएको बताए ।

कार्यक्रममा नेकपा एमाले र जनता समाजवादी पार्टी परित्याग गरी ८ जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्ने मानपाको वार्ड नं २ को एमाले संगठित सदस्यहरु चिरन्जीवी प्याकुरेल, मदन कोईराला, फणिन्द्र गौतम, दिनेश न्यौपाने, नवराज थापा र सदस्य नारद खतिवडा थिए भने वार्ड १ वाटएमाले संगठित सदस्यहरु अनुप ताम्राकार, ईश्वर गुरुङ्ग र जसपाको दिनेश राई रहेका थिए ।

मन्त्रीकार्कीलाई वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ, वार्ड नं २ नेका सभापति अमर कटुवाल र उदय ठटालले विविध मागसहितको ज्ञापन पत्र बुझाएका थिए ।

वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले,वराहक्षेत्र मन्दिर क्षेत्रमा कोशी नदीबाट हुने कटाव रोक्न तथा वर्षको कारणले पहिरो गएर प्रत्येक वर्ष वाटो थुनिने समस्याको दिर्घकालिन समाधान माग गरेका थिए ।

नेका वार्ड नं २ सभापति अमर कटुवालले, धरान चतराको सडकको बगुवा, खार खोलामा पक्की पुल, खोला व्यस्थापन, सुनसरी मोरङ्ग सिंचाई योजनाको चतरास्थित विस्थापित परिवार र बगुवामा खानेपानीको बजेटलगायत ९ बुंदे माग पत्र बुझाएका थिए ।

धरानका नेकाक्षेत्र नं १ ख क्षेत्रीय सभापतिको उम्मेदवार अजय राईले औलियाबाबा मठ तथा छिन्नमस्ता संरक्षण मञ्चलाई ८ थान टेवल र सिलिङ्ग पङ्खा प्रदान गरेका थिए ।

कार्यक्रमा विशेष अतिथि क्षेत्र नं १ समानुपातिक सभासद मिना सुब्बा, क्षेत्रिय तथा जिल्ला नेताहरुको उपस्थिती रहेको थियो । स्थानिय बोलबम धर्मशालामा, ईश्वर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजा तामाङ्गले गरेका थिए ।