पथरी । नेकपा माओवादी केन्द्र निकट एन्टो कानेपोखरीका अध्यक्ष र उपाध्यक्षको नेतृत्वको टोली एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गरेको छ । 

बिहिबार कानेपोखरी ६ स्थित जनसेवा माविको सभाहलमा बसेको संगठनको विस्तारित बैठकमा आफ्नो धारण राख्दै प्रवेश गरेको हो । एकिकृत अखिल नेपाल शिक्षक संगठन कानेपोखरीका अध्यक्ष नारायण प्रसाद काफ्ले र उपाध्यक्ष वीर बहादुर बम्जनका नेतृत्वमा प्रवेश गरेका छन् ।

बम्जन बाल माविका शिक्षक हुन भने काफ्ले शिक्षा सदन माविका प्रधानाध्यापक हुन । त्यसैगरी एकिकृत निकट लक्ष्मी आधारभूकाका प्रधानाध्यपक भोलामान बस्नेत, सुतली आधारभूकाका प्रध्यानाध्यपक धनन्जय फुयल, शिक्षा सदन माविका शिक्षक सुरेश सरदार, रामेश्वर सरदार र नवराज न्यौपाने, त्यसैगरी पञ्चकन्या आधारभूका शिक्षक बिमला कटुवाल प्रवेश गरेको हो ।

नव प्रवेशीहरुलाई बैठकका प्रमुख अतिथि एमाले जिल्ला सल्लाहकार समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, विशेष अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय लेखा तथा सुपरिवेक्षण सदस्य बलाराम पोख्रेल र नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष दामोदर सिग्देलले खदा र टिका लगाएर स्वागत गरेका थिए ।

अन्य अतिथिहरु नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सदस्य विजयगोपाल गड्तौला, नेपाल शिक्षक महासंघ कानेपोखरीका अध्यक्ष खेमनाथ पौडेल, एमाले कानेपोखरी गाउँकमिटि अध्यक्ष दानबहादुर बस्नेत र हेमचन्द्र भण्डारी लगाएत उपस्थित रहेका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठन कानेपोखरीका अध्यक्ष धर्मराज थापाको अध्यक्षतामा भएको बैठकमा सचिव होम न्यौपानेले संचालन गरेका थिए ।