ओली नेतृत्व सरकारले गठन गरेकाे सुकुम्बासी आयोग विघटन गरेको देउवा नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको छ ।

सरकारको कार्यकालको सुरूबातमै देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी आयोग विघटन गरेका देउवा नेतृत्व सरकारले नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष केशव निरौलालाई आयोगको अध्यक्ष नियुक्त गरिएको छ ।

यस अघिको आयोग गरेपछि सुकुम्बासी समस्या सामधानको विषयमा गम्भिर नरहेको आरोप लागेको सरकारको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।