नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुनियालाई ढाँटेर खाएको आरोप लाएका छन् । उनले गृह जिल्ला झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई धोकेबाज र छट्टु नेताको संज्ञा दिएका छन् ।
ओलीले भने ' प्रचण्ड असल बुबा हुन्, असल काका, ससुरा र राम्रा सम्धी हुन्, तर उनी धोकेबाज नेता हुन्, छट्टु नेता हुन् ।' प्रचण्डले मायावीजाल लाएर विगत देखी नै युवाहरूलाई झुक्याउने गरेको भन्दै उनको कुरा पत्याएर २०६४ सालमा माओवादीलाई जनताले अत्यधिक मत दिएको भए पनि केही गर्न नसकेको बताएका छन् ।
ओलीले एमाले विभाजन भएको नभई पिलो निस्किएर गएको बाएका छन् । ओलीले भने ' पत्कर झरेर कोसी थुनिँदैन । पार्टी विभाजन भएको हैन पिलो निस्किएको हो । '
जिल्ला कमिटी झापाले आयोजना गरेको कार्यक्रममा ओलीले सम्बोधनका क्रममा झापा क्रान्तिका आफ्ना सहयोद्धाहरूलाई पनि सम्झिएका छन् ।
































