धरान  । धरानमा युवा व्यवसायीद्वय लक्ष्मी बानियाँ र नरहरि तिम्सिनाले चालीस लाख रुपैयाँको लगानीमा ‘होटल ट्री हाउस एण्ड लज’ सञ्चालनमा ल्याएका छन् ।

tree_house_dharan (1)

शुक्रबार औपचारिक रूपमा उद्घाटन गर्दै होटल एण्ड लज सञ्चालनमा ल्याइएको हो । धरान–१३ स्थित सारङ्गा डाँडामा खुलेको होटल एण्ड लजको धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले उद्घाटन गरे । उनले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै खोलिएको होटलले सेवासुविधा साथै सर्वसुलभ सेवा दिन आग्रह गरे । धरानमा यसअगि पनि ट्री हाउससहितको होटल खुलिसकेको छ । 

पछिल्लो समय निकै प्रख्यात हुँदै गएको ट्री हाउसको अवधारणा बढीजसो थाइल्याण्डमा प्रचलित छ । त्यहाँ विश्वका पर्यटकहरू पुग्ने गरेका छन् । युवा व्यवसायी तिम्सिनाले होटललाई व्यवस्थित बनाउने क्रममा ट्री हाउससहितको होटल सञ्चालनमा ल्याइएको बताए । पाहुनाहरूका लागि धरान तथा महाभारत शृङ्खलाको दृष्यपान गर्न पाउने उनले बताए । होटलमा ६ वटा लज रहेको छ भने रेस्टुरेन्ट पनि सञ्चालित छ ।