पथरी । मोरङको पथरीशनिश्चरे स्थित पथरी उद्योग वाणिज्य संघको १८ औँ चुनावी सभाको संस्थाको कार्यकारिणी र लेखा समितिको विभिन्न पदमा व्यापारीहरूले उम्मेदवारी दर्ता गराएको छ । 

संघको निर्वाचनमा दुई वटा पक्षले आआफ्नो प्यानल खडा गरी उम्मेदवारी दर्ता गराएका हुन् । एउटा साझा प्यानलमा ४ वटा राजनीतिक पार्टी रहेका छन् भने अर्को नेकपा(एमाले) एक्लै चुनावी मैदानमा जाने भएको हो ।

साझा प्यानलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा(एस) र जनता समाजवादी पार्टीका संयुक्त संघको अध्यक्ष पदमा धनकुमार तामाङले उम्मेदवारी दिएका छन् । धनकुमार तामाङ नेपाली कांग्रेस निकट व्यवसायी हुन । संयुक्त प्यानलले बिहिबार उमेदवारीको पनि घोषणा गरेका थिए । त्यसैगरी नेकपा एमोलेबाट संघको अध्यक्ष पदमा निवर्तमान अध्यक्ष दिपक बस्नेतले उम्मेदवारी दिएका छन् । बस्नेत संघको अध्यक्ष पदको 

त्यसैगरी भदौ २८ गते हुने निर्वाचन तामाङ नेतृत्वको साझा प्यानलको वरिष्ठ उपाध्यक्ष ओमप्रसाद लिम्बु(नेकपा, एस), उपाध्यक्ष रविन राई(माओवादी केन्द्र), महासचिव राजेन्द्र बस्नेत(नेका), उद्योग सचिव प्रेमप्रसाद सुवेदी(नेका), वाणिज्य सचिव खेमनाथ ढुंगेल(माओवादी), कोषाध्यक्ष विजयजंग बस्नेत(नेका) रहेका छन् । 

त्यसैगरी सदस्यहरूमा पृथ्वी आले मगर र बलिदान चेम्जोङ(नेकपा,एस), तुलसी लुनिया र इन्द्रबहादुर राई (माओवादी), महिला सदस्यहरूमा मुना पाण्डे(नेका) र जुनी थपलिया(नेकपा, एस) रहेका छन् । लेखा संयोजकमा चन्द्रप्रसाद सापकोटा(नेकपा, एस), सदस्यमा प्रदिप पराजुली(नेका) र सन्तवीर विश्वकर्मा (गहतराज) (नेकपा, एस) रहेका छन् । जनता समाजवादी पार्टी सम्बद्ध  व्यावसायिहरुले धनकुमार तामाङ नेतृत्वको संयुक्त प्यानललाई सहयोग गर्ने सो पार्टीका केन्द्रीय सदस्य लोकसागर साम्बाले बताए । 

नेकपा (एमाले) एक्लै निर्वाचनमा भिड्न पर्ने भएको छ । एमाले सम्बद्ध व्यावसायिको तर्फबाट अध्यक्षमा दीपक बस्नेत(निवर्तमान अध्यक्ष),महासचिवमा अशोक साम्पाङ राई (निवर्तमान महासचिव) लगायतले उम्मेदवारी मनोनयन गरेका छन् ।

अन्य पदमा भने स्वतन्त्र उम्मेदवारी पनि परेको छ । एमाले समृद्ध व्यपारीहरुले भने शुक्रबार उमेद्वारीको घोषणा गर्दै छ । लेखा संयोजकमा तीन जनाको मनोनयन दर्ता भएको छ । बिहीबार उम्मेदवारी दर्ता ११ बजे देखी ५ बजे सम्म थियो । उम्मेदवार माथि दाबी विरोध शुक्रबार १० बजे देखी १२ बजे सम्म रहेको छ । 

अघिल्लो निर्वाचनमा ७४४ मतदाता रहेका थिए । यस वर्ष १३४ (आजीवन सदस्य) र १५ सय ८६ साधारण गरी १७ सय २० मतदाता रहेको छ ।