धरान  :  धरान -३  कैलाश पथमा  संचालनमा आएको स्वर्ण गृह प्रा. लीले ग्राहकहरुलाई सुनका गहनाहरु तोलामा खरिद गर्दा खरिद गरे बराबरको चाँदी सितैमा दिने बताएको छ । 

 कोरोना महामारीले देशकै अर्थतन्त्र  थङथिलो  भएको अवस्थामा पनि धरानको माछाभौडीमा एक सुन पसल संचालनमा आएको छ । सो पसल संचालनमा  ल्याएको उपलक्ष्यमा ग्राहकहरुलाई बोनस स्वरुप  तोलामा तोला उपहार दिने घोषणा गरेको   गृह प्रा .लीका संचालक निश्चल पराजुलीले जानकारी दिए ।  

 प्रेम कार्की र पराजुलीको संयुक्त लगानीमा   संचालनमा आएको सो गृह प्रा लीमा  खरिद गरेका गहनाहरु १ वर्षको अवधिमा  टुटे फुटेमा नि:  शुल्क बनाइ दिने  र  नि:  शुल्क होम डेलिभरीको व्यवस्था  गरेको  उनीहरुले बताएका छन्। 

 डिजिटल प्रणाली अन्तरर्गतको गोल्ड एप धरानमा अब लञ्च गरेर आधुनिक ढङगले सुनको व्यापार गर्ने  योजना रहेको संंचालक कार्कीले बताए । 

  धरानका अन्य पसलहरु भन्दा सस्तो तथा गुणस्तरीय गहनाहरु उपलब्ध गराउने  उनीहरुले दाबी गरेका छन्।   संचालक कार्की भन्छन् ' सुन संस्कृती, सम्पती र सौन्दर्यताको प्रतिक भएकाले   सुन व्यापारमा लगानी गरेका हौ । '