धरान | विराटनगरस्थित मोरङ जिल्ला अदालत परिसरभित्रै कारको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।
हुनेमा ४५ वर्षकी लक्ष्मी दाहल रहेकी छिन् । दाहाल अदालत भित्रको क्यान्टिन संचालक रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले ब्लाष्ट खबरलाई जानकारी दिए ।
बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिएपछि दाहाललाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महिलाको मृत्यु भएपछि अदालत परिसर क्षेत्रमा भीडभाड बढेको छ । एसपी जिसीका अनुसार जिल्ला अदालत मोरङको ५ नम्बर इजलासका न्यायाधीश इश्वर पराजुली चढ्ने कारले ठक्कर दिएको हो । न्यायाधीश पराजुलीको पिएसओ ४२ वषीर्य बिन्दकुमार सिहले कार चलाएका थिए । प्रहरी चालकलाई अहिले सम्म नियन्त्रणमा लिएको छैन्।