राष्ट्रिय खाद्य बैंक पब्लिक कम्पनीले धरानमा कृषिसम्बन्धि साक्षात्कार गरेको छ ।
४० वटा स्थानीय तहमा साक्षात्कार सन्चालन गरेको खाद्य बैंकले इटहरीमा समेत शाखा सन्चालनको तयारी गरेको छ ।

कम्पनीले बर्दिया खैरेनीमा ६० बिघा, पोखराको हेम्जामा ३५ रोपनी, झापाको गौरादहमा ५५ बिघामा जग्गा लिजमा लिएर पाइलट प्रोजेक्ट सन्चालन गरिरहेको बैंकका संचालक सदस्य किरणराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार बैंक आफैंले खाद्यान्न, दलहन, हरिया सागसब्जी, फलफूल, दुग्धजन्य उत्पादन, अन्डा, मासु, जडिबुटी, चिया, कफी, उखुलगायत उत्पादन गर्ने उदेश्य लिएको छ ।
कृषक र कृषिमा काम गर्ने सस्थाको समन्वयमा उत्पादन गर्ने र गराउने, कृषिमा अध्ययन, अनुसन्धान गर्ने उदेश्य लिएको छ ।

पब्लिक कम्पनीले तराई र पहाडका २२ जिल्लामा कृषकलाई प्रवर्धन गरिरहेको रेग्मीले जानकारी दिए ।

'बैंकले प्रवर्धन गरेका कृषकहरुको उत्पादन खरिद गर्ने, उनीहरुलाई मल, बीउ, प्राविधिक सहयोग सबै प्रदान गर्ने योजनासहित देशैभर अभियानका रुपमा कार्यक्रम संचालन गरिरहेका छौं ।' सदस्य रेग्मीले भने, 'पोखरामा ३ वटा शाखा कार्यालय, वर्दियामा भवन निर्माण गरेका छौं, इटहरीमा समेत शाखा खोल्दैछौ ।'

राष्ट्रिय खाद्य बैंकमा कृषखरुले समेत शेयर लगानी गर्न सक्नेछन् । १ लाख रुपैयाँदेखि माथि र ३ करोडभन्दा तल लगानी गर्न सक्ने बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले बताए ।
'चक्लाबन्दी खेतीलाई प्राथमिकता दिने, एकै कृषकले सम्भावना नभए समूहलाई आबद्ध गर्न सकिने, बिउबिजन दिने, छाता सङ्गठन बनाउने, किसानले आफ्नो मूल्य तोक्न नसकेको अवस्थामा सरकारसग सहजीकरण गर्ने योजनाअनुसार खाद्य बैंकको स्थापना भएको हो,' कार्यकारी अध्यक्ष उप्रेतीले भने, 'कृषकले उत्पादन गरे बजार प्रवर्धन गर्ने उनीहरुले उत्पादन गर्न नसके कृषकको घाटासमेत बेहोर्ने छौं।'
बैंकको कुल पुजि २ अर्ब रहेको कार्यकारी अध्यक्ष उप्रेतीले बताए ।
'पोषिलो आहाराको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान' को नारा लिएर राष्ट्रिय खाद्य बैंक पब्लिक लिमिटेड स्थापना भएको प्रवर्द्धक ज्योतिराज राईले जानकारी दिए । 
साक्षात्कार धरानस्थित ह्वाइट हाउस कलेजमा गरिएको थियो । सन्चालक अरुण प्रधानले आगन्तुकलाई स्वागत गरेका थिए ।20210906_06484520210906_06490220210906_064913