सुनसरी : लकडाउनले अर्थतन्त्र शुन्य भएकाे समयमा सुनसरीको इनरुवा १ स्थित ‘द ज्वलरी इम्पिायर’ संचालनमा आउने भएको छ ।

३५ लाख भन्दा बढी लगानी रहेको  ज्वलरी सोमबारदेखि संचालनमा आउने   र ज्वलरी २४ घण्टा खुल्ला रहने संचालक पुजन सापकोटा निरौलाले जानकारी दिइन् । 

ज्वलरीमा अमेरिका डाइमन, मुम्वाइको, थाइ, अफगानी, दुबईका ज्वलेरी हुनेछ । पसलमा रहने सबै आटिफिसियल    ज्वलेरी १ हजार २ सय देखि २५ हजार रुपैयाँसम्मको पाइने निरौलाले जानकारी दिइन् ।