पथरीशनिश्चरे/झापाको दमकस्थित कंचनजंघा बहुउद्धेशीय सहकारी संस्थाले शुक्रबार मोरङको पथरीशनिश्चरे १ को पथरी बजारमा आफ्नो चौथो शाखा उद्घाट्न गरेको छ ।

पथरीशनिश्चरे नगर उपप्रमख यमुना विष्ट वास्तोलाले शाखा उद्घाट्न गर्दै नगरको विकासका लागि सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहने वताएकी छन् । उनले नगरमा आएको सहकारीको शाखाले स्वच्छ रुपमा सहकारी अभियान सञ्चालन गरेर नगरको हितमा काम गर्न शुभकामना व्यक्त गरेकी छन् ।

सहकारीका केन्द्रीय अध्यक्ष मणिकुमार भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी अभियन्ता विनादेवी राईसहितले मन्तव्य व्यक्त गरेका छन् । पथरी शाखामा स्थानीय ४ जना कर्मचारी नियुक्त गरेर कारोबार सुरु गरिएको छ ।

०५६ सालमा स्थापना भएको सो सहकारीको हाल ६८ करोड ६० लाखको बजेट तय गरेको छ । पथरीमा दमककै मेची सहकारीको समेत शाखा स्थापना भएको छ ।